
सिन्धुप्रेस, नवलपुर ।
ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंश लाल तामाङले स्वर्गिय मिरा अधिकारी लामाकाे नाममा स्मृती भवन स्थापना गर्ने बताएका छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चाेक द्वारा आयाेजित श्रद्वाञ्जली सभामा मन्तव्य राख्दै उनले उक्त कुरा बताएका हुन ।
“स्वर्गीय मिरा अधिकारी लामाकाे पार्थिव शरीर नभएपनि उहाँले गर्नुभएकाे कामले उहाँ अमर हुनुहुन्छ”, तामाङले भने उहाँकाे काम र बिकास प्रतीकाे लगाव बाट हामीले धेरै कुरा सिकेका छाैँ ।
स्वर्गीय लामाले न्यायिक सम्पादनमा अतुलनिय याेगदान दिएकाे स्मरण गर्दै न्यायिक क्षेत्रमा गाउँपालिकाले ठुलाे फड्काे मारेकाे तामाङले जानकारी दिए ।
यसका साथै महिला सशक्तिकरणमा पनि उल्लेख्य याेगदान दिएकाे अध्यक्ष तामाङले सुनाए । “अन्य पालिकाकाे प्रतिनिधिहरू पनि मिरा जि संग सिक्दा रहेछन “, उनले भने ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य तथा ईन्द्रावती गाउँपालिका उपाध्यक्ष स्व। मिरा अधिकारी लामा को २२ औँ पुण्य तिथिमा श्रद्वाञ्जली सभाको आयोजना भएको हो ।