सिन्धुप्रेस, नवलपुर ।

शाेकलाइ शक्तिमा परिणत गरेर जिल्लामा नेपाली कांग्रेस लाई अझै सशक्त बनाउनु पर्ने नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती बिकाश लामाले बताएका छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चाेक द्वारा आयाेजित श्रद्वाञ्जली सभामा मन्तव्य राख्दै उनले उक्त कुरा बताएका हुन ।

अबकाे महाधिवेशनले बिवेकशिल कांग्रेस बनाउने कुरालाई जाेड दिनुपर्ने लामाले बताए । याे महाधिवेशनले बिवेकसिल ब्यक्तिलाई नेपाली कांग्रेसकाे नेतृत्वमा ल्याउने पनि उनले विश्वास ब्यक्त गरे ।

श्रद्वान्जली सभामा स्वर्गीय मिरा अधिकारी लामालाई सम्झँदै जिल्लाले एक बिकास प्रेमी नेता गुमाएकाेमा दुख ब्यक्त गरे । “सिन्धुपाल्चाेकले एक कुसल र ईमान्दारीताकाे खानी लाई गुमाएकाे छ, म जिल्लामा सभापती भएर आएपछि केही महिना असहजता थियाे त्यस बेला ९ महिना कार्यवाहक सभापतीकाे कुशल भुमिका पनि उनले निर्वाह गरिन “, लामाले भने ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चाेकका सदस्य तथा ईन्द्रावती गाउँपालिका उपाध्यक्ष स्व. मिरा अधिकारी लामा काे २२ औँ पुण्य तिथिमा श्रद्वाञ्जली सभाकाे आयाेजना भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!