सिन्धुप्रेस चाैतारा ।

नेकपा एमाले सिन्धुपाल्चोकले सिन्धुपाल्चोक बाट ३१ जना महाधिवेशन प्रतिनिधि छनाैट गरेकाे छ । नेकपा एमाले सिन्धुपाल्चोकले आज सर्वसम्मतिमा महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

सिन्धुपाल्चाेक बाट ३१ जना प्रतिनिधि छनौट गरिएको प्रतिनिधि निर्वाचन कमिटी संयोजक विनोद नेपालकाे भनाई छ ।

सिन्धुपाल्चोकको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ महिलातर्फ ५ जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ महिलातर्फ चार जना र दलिततर्फबाट दुई जना गरी ३१ जना प्रतिनिधि चयन भएका हुन् ।

एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा पार्टीको १० औं महाधिवेशन आयोजना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!