सिन्धुप्रेस, नवलपुर ।

नेपाली कांग्रेस का वरिष्ठ नेता रामचन्द्र पौडेल ले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को पार्टी कार्यालय उद्घाटन गरेका छन।

आज इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष एवम् कांग्रेस जिल्ला सदस्य स्व मिरा अधिकारी लामाको श्रद्धाञ्जली सभामा प्रमुख वक्तको रुपमा आएका पौडेलले पार्टी कार्यालयको उद्घाटन समेत गरेका थिए।

कार्यालय को उद्घाटन पछि वडा कार्यसमिति लाई कार्यकाल सफल रहोस् भनी शुभकामना दिएको इन्द्रावती -४ का वडासभापती क्षेत्र बहादुर तामाङले बताए।

सिन्धुपाल्चोक जिल्ला कार्यसमिति को आयोजनामा रहेको श्रद्धाञ्जली सभा सम्बोधन गर्न वरिष्ठ नेता पौडेल र जिल्ला सभापति बिकास लामा हेलिकप्टर मार्फत इन्द्रावती आइपुगेका थिए।

गत कात्तिक ६ गते उपाध्यक्ष लामाको महाराजगन्ज स्थित त्रीवी शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!