नेपाल तरुण दल क्षेत्र नं २ का उपाध्यक्ष अरूण लामाको नेतृत्वमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई १०० वटा मोटरसाईकलले स्कटीङ गरी कार्यक्रमस्थल पुर्याईएको थियोे । बरीष्ठ नेता पौडेल हेलीकप्टर मार्फत कार्यक्रमस्थल आएका थिए ।

आज इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष एवम् कांग्रेस जिल्ला सदस्य स्व मिरा अधिकारी लामाको श्रद्धाञ्जली सभामा प्रमुख वक्तको रुपमा पौडेल आएका हुन ।

पाैडेलकाे शुरक्षाकाे लागि समाजशेवी तथा ईन्द्रावती गाउँपालिका ५ का नेता अरूण लामाले स्कटिङ गरेका हुन । लामा पाैडेल निकट मानिन्छन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चाेकका सदस्य तथा ईन्द्रावती गाउँपालिका उपाध्यक्ष स्व. मिरा अधिकारी लामा काे २२ औँ पुण्य तिथिमा श्रद्वाञ्जली सभाकाे आयाेजना भएकाे हाे ।

स्कर्टीङको नेतृत्व गर्ने लामाले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा ईन्द्रावती गाँउपालीकाको सभापतीमा उमेद्वारी दिने घाेषणा गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!