सिन्धुप्रेस, चाैतारा ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा, गाउँ/नगर, क्षेत्र र जिल्लाको अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक जानै नमानेपछि अधिवेशन अनिश्चित बनेको सभापती बिकास लामाले बताएका छन ।

२ वडामा विवाद भएको वडा अधिवेशनका लागि जिल्ला कार्यसमितिले हिजो (मंगलबार) का लागि मिति तोकेको थियाे । हिजो वडामा तोकिएका निर्वाचन अधिकृत नै गायव भएपछि वडा अधिवेशन हुन नसकेको जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला सभापति विकास लामाले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रमा पहुँच भएका र केन्द्रीय सदस्य समेत रहेका मोहन बहादुर बस्नेतका कारण अधिवेशन अनिश्चित भएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर संवाद र समन्वयको प्रयास हुँदा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भै समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्विकार गरेका कारण अधिवेशन अनिश्चित भएको छ ।’

‘विभिन्न तहको अधिवेशनका लागि निर्धारित अधिवेशनमा अब के गर्ने भन्ने अन्योल र असहजताको अवस्था उत्पन्न भएकोले जिल्ला कार्यसमिति अत्यन्त चिन्तित र गम्भीर भएको छ’, विज्ञप्तिमा भनिएको छ । सभापति लामाले जिल्लामा अधिवेशन हुने वातावरण तयार गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका छन् ।

सिन्धुपाल्चोकका अन्य वडामा भने गत असोज ५ गते वडा अधिवेशन भएको थियो । सिन्धुपाल्चोकमा कात्तिक ३० गते वडा अधिवेशन तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!