सिन्धुप्रेस, मेलम्ची ।

मेलम्ची नगरपालिकाको दशाैँ तथा अन्तिम नगरसभा सम्पन्न भएको छ । नगरसभाले मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक २०७८ गरी ४ वटा विधेयक संशोधन सहित पारित गरेको छ ।

नगरसभामा नगर प्रमुख डम्बर अर्यालले आर्थिक बर्ष २०७८÷७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा राहत पुनस्र्थापना नदी नियन्त्रण र बाढीका कारण अवरुद्ध भएको सडक मर्मत संभार गरी पुनसंचालनको लागि हालसम्म २ करोड ४७ लाख ५५ हजार रुपैंया खर्च भएको उल्लेख गरीएको छ ।

हालसम्म मेलम्ची बाढी पिडित राहत तथा पुनस्र्थापना कोषमा ५ करोड ४४ लाख ४६ हजार ६ सय रुपैँया सहयोग प्राप्त भएको नगर प्रमुख डम्बर अर्यालले उल्लेख गर्नुभयो । मेलम्ची ११ डुँडेबेसीमा १५ शैयाको अस्पताल निमार्णको लागि १५ करोड ९१ लाख ८५ हजार ७ सय रुपैयाँमा ठेक्का सम्झौता भइ अस्पताल निमार्ण कार्य भइरहेको , मेलम्ची १२मा शहरी क्लिनिक संचालनको लागि एकतले भवन निमार्णको काम सम्पन्न भएको , मेलम्ची १२ स्थित टुनीखर्कमा फोहोरमैला व्यवस्थापन कार्य सुरु भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

प्रतिवेदनमा चालुआर्थिक बर्षमा इन्द्रावती र मेलम्ची नदी क्षेत्रबाट ढुंगा, गिटी र बालुवा विक्रिगरी आन्तरीक राजस्व संकलनको लागि २४ करोड ९५ लाख ५७ हजार रुपैँयामा तीनपिप्ले निमार्ण सेवा काठमाडौंसँग ठेक्का सम्झौता गरीएको अर्यालद्धारा प्रस्तुत भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै १४ वटा विद्यालयमा इसिडि कक्षा थपगरी सो विद्यालयहरुमा बाल विकास सहजकर्ता नियुक्ति गरीएको , खेलाडीहरुलाई आर्थिक सहायता प्रदान गर्दै थप हौसला र खेलकुदको प्रवद्धन गर्ने कार्य गरिरहेको उल्लेख छ ।

कार्यक्रममा बजेट बक्तव्य नगर उपप्रमुख भगवती नेपालले प्रस्तुत गर्नुभएको थियो ।

मिति २०७८ साल कार्तिक २९ गते बसेको कार्यपालिका बैठकबाट नगरसभामा निर्णयार्थ पेश भएका प्रस्तावहरु ;

नगर कार्यपालिका वैठककको निर्णयबाट सिफारिस भई आएका देहायका निर्णयहरुलाई नगर सभाको दशौं अधिवेशनमा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले निर्णयार्थ पेश गरेकाे प्रस्तावहरू ।

प्रस्ताव नं. १
विधायन समिति तथा नगर कार्यपालिका बैठकमा छलफल भई सिफारिस भएका देहाय बमोजिमका ऐन तथा
कार्यविधिमा भएको संशोधन तथा कार्यविधि स्वीकृत गर्न प्रस्ताव पेश गर्दछु।

तपसिल
१. सहकारी ऐन, २०७७ को तेस्रो संशोधन विधेयक, २०७८
२. मेलम्ची नगरपालिकाको लेखा समिति कार्य सम्पादन कार्यविधि, २०७८

प्रस्ताव नं. २
नगर कार्यपालिकाबाट सिफारिस भई आएका योजनाहरु निर्माण गर्नका लागि संघीय मन्त्रालय, प्रदेश मन्त्रालय एव्‌ सम्बन्धित निकायमा सिफारिस गर्न प्रस्ताव गर्दछु ।

प्रस्ताव नं ३
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डाैबाट मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाकाे नगर अस्पतालमा स्तराेन्नती गरि सुचिकृत भईसकेकाे हुँदा उक्त प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगर अस्पतालकाे रूपमा संचालन गर्न निर्णयार्थ पेश गर्दछु ।

प्रस्ताव नं ४
आ.व. २०७८/०७९ मा मेलम्ची नगरपालिका क्षेत्र भित्र अस्थायी घर, टहराको नक्शा पास तथा निर्माण स्वीकृति प्रदान गर्दा लाग्ने सेवा, शुल्क, दस्तुर निशुल्क गर्न प्रस्ताव पेश गर्दछु ।

प्रस्तावनं. ५
मिति २०७८ साल असार १ गते र त्यसपछि ईन्द्रावती तथा मेलम्ची नदीमा आएको बाढी बाट प्रभावित क वर्गमा पर्ने बाढीपिडित व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी लालपूर्जाको प्रमाणपत्र लगायतका घटना दर्तासंग सम्बन्धित कागजातहरु क्षति भई पुनः सोकाे प्रतिलिपि लिनका लागि सिफारिसमा लाग्ने सम्पूर्ण राजस्व छुट दिन निर्णयार्थ पेश गर्दछु।

प्रस्ताव नं. ६
श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति मार्फत सिफारिस भएको संशोधित आयको अनुमान र बजेट तथा कार्यक्रम तर्जुमा समिति तथा नगर कार्यपालिकाबाट सिफारिस भएका अनुसूचीमा उल्लिखित योजनाहरु स्वीकृत गर्न निर्णयार्थ पेश गर्दैछु ।

प्रस्ताव नं. ७
मिति २०७८ साल असार १ गते र त्यसपछि मेलम्ची तथा ईन्द्रावती नदीमा आएको बाढीबाट मेलम्ची नगरपालिका वडा नं. १२ बाहुनेपाटी स्थित पक्की मोटर पुलमा ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थहरु थुप्रिएर पक्की मोटर पुल जोखिमयुक्त अवस्था रहेको हुँदा उक्त पुलको ५०० मिटर क्षेत्रमा थुप्रिएको नदीजन्य पदार्थ उत्खनन्‌ गरी हटाउन स्वीकृतिको लागि जिल्ला विपद्‌ व्यवस्थापन समितिमा सिफारिस गर्न निर्णयार्थ पेश गर्दछु।

प्रस्ताव नं. ८
मिति २०७८ साल असार १ गते र त्यसपछि मेलम्ची तथा ईन्द्रावती नदीमा आएको बाढीबाट नदीको बहाब परिवर्तन भई मेलम्ची नगरपालिका भित्रका विभिन्न खण्डहरुमा कटान गरेको र उक्त कटानबाट सडक राजमार्गहरु समेत
परिवर्तन गर्न आवश्यक निर्णयको लागि जिल्ला समन्वय समिति र जिल्ला विपद्‌ व्यवस्थापन समिति, सिन्धुपाल्चोकमा सिफारिस गर्न निर्णयार्थ पेश गर्दछु ।

प्रस्ताव नं. ९
मिति २०७८ असार १ गते र त्यसपछि मेलम्ची तथा ईन्द्रावती नदीमा आएको बाढी पहिरो नियन्त्रण सम्बन्धी कार्य, राहात ब्यबस्थापन लगायतका तत्कालिन विपदका कार्यमा कार्यपालिकाबाट निर्णय भई गरिएका सबै खर्चहरू अनुमाेदन गर्ने निर्णयार्थ प्रस्तुत गर्दछु ।

प्रस्ताव नं. १०
मिति २८०८ साल असार १ गते र त्यसपछि मेलम्ची तथा हुत्रावती नदीमा आएको बाढीपहिरोबाट मेलम्ची
नगरपालिका भित्र निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरुमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलको सिफारिस तथा नगर कार्यपालिकाको निर्णय बमोजिम उक्त क्षतिप्रस्त आयोजनाहरुमा गरिएको भुक्तानी अनुमोदन गर्न निर्णयार्थ पेश गर्दछु।

प्रस्ताव नं. ११
बिभिन्न मितिमा नगर कार्यपालिका, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतस्तरको निर्णयबाट गरिएका खर्च भुक्तानीलाई अनुमोदन गर्न निर्णयार्थ पेश गर्दछु ।

प्रस्ताव नं. १२
मेलम्ची नगरपालिकाको ९ औं नगर सभाबाट मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोषमा विनियोजित रकम ४ करोड ५० लाख भेलम्ची बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको आवास पुनर्निर्माणमा नगरपालिकाले बेहाेर्नपर्ने साझेदारी दायित्वमा खर्च गर्ने गरी मेलम्ची नगरस्तरीय विपद्‌ व्यवस्थापन कोषमा सार्न निर्णयार्थ पेश गर्दछु ।

प्रस्ताव नं. १३
मेलम्ची नगरपालिका भित्र संचालित देहाय बमोजिमका आयोजनाहरु निर्माणको क्रममा प्राविधिक लागत इष्टिमेट
बमोजिम नपुग रकम कार्यपालिकाको निर्णय अनुसार गत आ.व. २०७७/०७८ को अ.ल्या शिषर्कको आन्तरिक श्रोतबाट व्यवस्थापन गरी ठेक्का आव्हान गरिएकोमा विनियोजन गरिएको थप रकम अनुमोदन गर्न निर्णयार्थ पेश गर्दछु ।

प्रस्ताव नं. १४
मेलम्ची नगरपालिका स्थापना हुनुभन्दा अगाडि र पछाडी नियम अनुसार नक्सा पास नगरीकन निर्माण गरिएका घरहरुको अभिलेखिकरण गर्नकाे लागि नगरपालिकाकाे निर्णय बमाेजिम मिति २०७८ कार्तिक मसान्तसम्म समय ताेकिएकाेमा उक्त निर्णयलाई अनुमाेदन गर्दै उक्त कार्य गर्नकाे लागि मिति २०७९ असार मसान्तसम्म समय थप गर्न निर्णयार्थ पेश गर्दछु ।

प्रस्ताव नं. १५
मेलम्ची जगरपालिकाको ९ औं नगर सभाबाट मेलम्ची नगरपालिका भित्रका ६० वर्ष माथिका एकल पुरुषहरुलाई
सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीतिगत निर्णय गरिएकोमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रबाट संघीय कानूनले निर्देशित गरिएको लक्षित समूह बाहेक अन्य व्यक्तिहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्न नसकिने व्यहोरा लेखि आएको हुँदा नगर सभाबाट गरिएको उक्त नीतिगत व्यवस्था बदर गर्न निर्णयार्थ पेश गर्दछु ।

प्रस्ताव नं. १६
नगरपालिका भित्रका आम नागरिकहरुलाई सहज र शुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा यस नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरू बाट प्रदान गरिने सेवामा गर्भवती तथा सुत्केरी महिलाहरुको लागि क्याल्सियम चक्की वितरण, गर्भवती महिलाहरुको पिसाब जाँच सेवा र सम्पूर्ण बिरामीहरुको लागि टिटि खोप निशुल्क रुपमा उपलब्ध गराउन र उक्त कार्यक्रमको लागि आवश्यक पर्ने बजेट यसै नगर सभाबाट बिनियोजन गर्न प्रस्ताव पेश गर्दछु।

प्रस्ताव नं. १७
ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिबाट चालु आर्थिक वर्षमा यस नगरपालिका क्षेत्रभित्र संचालन गर्ने गरी स्वीकृतको लागि पेश भएको रु २,०१,००००० । (अक्षेरेपी दुई करोड एक लाख रुपैया मात्र) को बार्षिक बजेट तथा कार्यक्रम संचालनको लागि स्वीकृति प्रदान गर्न निर्णयार्थ पेश गर्दछु।

प्रस्ताव नं. १८
मेलम्ची नगरपालिका भित्रको इन्द्रावती तथा मेलम्ची नदीबाट उत्खनन गरी बिक्री हुने ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदिजन्य पदार्थकाे बिक्रि बाट प्राप्त हुने आन्तरिक राजस्व रकममध्ये बागमती प्रदेश सरकारलाई प्रचलित कानून बमोजिम बुझाउनु पर्ने ४० प्रतिशतले हुन आउने रकम मेलम्ची र इन्द्रावती खोलामा मिति २०७८ साल असार १ गते र सो पश्चातका आएको विध्वशंकारी बाढीबाट क्षति भएका सार्वजनिक संरचनाहरुको पूनर्निर्माण गर्नुपर्ने विशेष परिस्थिति सिर्जना भएकाले चालु आर्थिक वर्ष २०७८/० ७९ को लागि उक्त रकम बुझाउनु नपर्ने गरी आवश्यक निर्णय गर्न बागमती प्रदेश सरकारलाई अनुरोध गर्न प्रस्ताव गर्दछु।

प्रस्ताव नं. १९
मेलम्ची नगरपालिका बाट बिनियाेजन भएका योजना तथा कार्यक्रम संचालनको क्रममा कुनै संशोधन गर्नुपनै भएमा अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गर्दछु ।

नगर कार्यपालिका वैठककको निर्णयबाट सिफारिस भई आएका माथीका प्रस्तावहरु नगरसभामा बहुमतले पास भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!