
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले ९५ वटा वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ ।
१०३ वटा वडाहरु रहेको सिन्धुपाल्चोक जिल्लामा आज ९५ वटा वडाहरुमा अधिवेशन सम्पन्न भएको हाे ।
बाँकी रहेका वडाहरुको अधिवेशन आगामी १० गते भित्र सम्पन्न हुने स्राेतले जानकारी दिएकाे छ । १८ हजार भन्दा बढी संगठित सदस्य रहेको सिन्धुपाल्चोकमा सम्पन्न सबै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
आगामी ११ गते हुने पालिकाको अधिवेशनको सम्पुर्ण तयारी सम्पन भएको समेत माओवादी स्राेतले जानकारी दियाे ।