
सिन्धुप्रेस, हेलम्बु ।
हेलम्बु गाउँपालिकामा श्यामसुन्दर लामिछानेले नेपाली कांग्रेस सचीव पदकाे उमेद्बारी घोषणा गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उमेद्वारी सार्वजनिक गरेका हुन ।
“नयाँपुस्ताले क्यावात काङ्ग्रेस भन्न सकाेस , पुरानाे पुस्ताले स्वावास काङ्ग्रेस भन्न सकाेस यहि मुल मर्मका साथ मैले उमेद्वारी दिने घाेषणा गरेकाे हुँ”, सिन्धुप्रेस संगकाे कुराकानीमा उनले भने ।
लामो समय देखि नेबिसंघकाे राजनिति गर्दै आएका श्याम शर्मा २०६९ मा नेबिसंघ सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधि समेत भएका थिए ।
नेपाली कांग्रेस प्रती लगनसिलता राख्ने उनी हेलम्बु गाउँपालिका कांग्रेसकाे सक्रिय सिपाहीकाे रूपमा चिनिन्छन । नेपाली कांग्रेसकाे हरेक कार्यक्रममा सहभागी हुने सर्माले मुख्य भुमिका निर्वाह गर्दै आएका छन ।