
सिन्धुप्रेस, मेलम्ची ।
नेपाली कांग्रेस मेलम्ची नगरपालिकामा वसन्त गुरूङले नगर सभापतीकाे उमेद्वारी घाेषणा गरेका छन । मेलम्ची नगरपालिकामा नेपाली कांग्रेसलाई पहिलाे पार्टी बनाउने याेजनाका साथ उमेद्वारी घाेषणा गरेकाे गुरूङले बताए ।
उनी आफ्नाे उमेद्वारी किन भन्ने ७ याेजना सहित मैदानमा हाेमिएका छन । पार्टीलाई गुटरहित बनाउने, आगामी चुनावमा पार्टीलाई बिजयी गराउने, पार्टीमा अग्रजहरुलाई सम्मान लगायतका ७ लाेकप्रिय याेजना गुरूङले अघि सारेका छन ।
“विकसित काङ्ग्रेस निर्माण गर्दै आसन्न चुनावमा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने मेराे मुख्य लक्ष्य रहेकाे छ”, उनले भने । नगरको समग्र विकासको निमित्त अमुल्य मत प्रदान गर्न समेत उनले सबैमा आग्रह गरे ।
गुरूङ मेलम्ची नगरपालिका ३ हैबुङका वडा अध्यक्ष हुन ।
उम्मेदवारी किन ? हेर्नुहाेस गुरूङकाे ७ याेजना
१, आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिकामा काँग्रेसलाई विजयी गराउन,
२, आम कार्यकर्तामाझ पार्टीलाई गुटरहित बनाउन तथा नगरको संगठनलाई सशक्त बनाउन,
३, गाउँ र बजारबीच सद्भाव, एकता र आपसी मेलमिलाप नीति अवलम्वन गर्न कायम गर्न
४, पार्टीमा अग्रजहरुलाई सम्मान र आपसी मेलमिलाप नीति अवलम्वन, युवाहरुलाई प्रोत्साहनका साथै, राजनीतिमा लागेका युवाहरुलाई रोजगारीसँग जोड्नु
५, नगरपालिका क्षेत्रमा भएका विकृति विसङ्गती बिरूद्व सशक्त प्रतिपक्षकाे भुमिका निर्वाह गर्न
६, काँग्रेसलाई संस्थागत र बैचारिक संगठनकाे रूपमा बिकास गर्न
७, पार्टीका भातृ निकाय तथा शुभेच्छुक संगठनको रुपमा विकास गर्न, संगठनहरुलाई चलायमान बनाउन