
सिन्धुप्रेस, मेलम्ची ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवारी दिने क्रम जारी रहेको छ । यतीबेला सिन्धुपाल्चोक जिल्लामा पालीका अधिवेशनको सरगर्मी बढेको छ । मेलम्ची नगरपालीकाको नगर सचीवको लागी निश्चल गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
२०६४ सालदेखि नेपाली कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय रहेका गिरीले तत्कालीन ईन्द्रावती क्याम्पसको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । उनी पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अनुयायीका रुपमा रहेका छन् । राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय गिरीलाई जिल्लामा चिर परीचीत नामको रुपमा लिने गरीन्छ ।
नेपाल विद्यार्थी संग सिन्धु(काठमाडौं सम्पर्क समिती कार्यवाहक अध्यक्षको भुमिकामा रहेर गिरीले आफ्नो कुसलता प्रश्तुत गरीसकेका छन् । अनवरत रुपमा नेपाली काङ्ग्रेसको राजनितिमा सकृय रहेका गिरीले जिल्लाका विद्यालयहरुमा नेपाल विद्यार्थी संगको संगठन विस्तारमा महत्वपुर्ण भुमिका रहेको छ ।
आफ्नो उम्मेदवारी भोषणा संगै निरन्तर रुपमा नेपाली काङ्ग्रेसको हितका निम्ति आफ्नो योग्यता,क्षमता र अनुभवको प्रयोग गरि संगठनलाई चलायमान बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मेलम्ची नगरपालिका भित्रका सम्पूर्ण इकाई सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुमा सहयोगको अपेक्षा गरेको गिरीले बताएका छन् ।