
सिन्धुप्रेस, मेलम्ची ।
नेपाली कांग्रेस मेलम्ची नगरपालिकाका सभापतिका उमेदवार प्रकाश दाहालको समुहकाे नाम सार्वजनिक भएकाे छ । १० बुदे घाेषणापत्र सहित दाहाल चुनावमा हाेमिएका हुन ।
पाटीमा गुट र विभाजनको अन्त्य, सबैको उचित मल्याङकन र जिम्मेवारी, कम्युनिष्ट दासताबाट मेलम्चीलाई मुक्त , अगुवाकाे सम्मान र युवाहरूकाे नेतृत्व बिकास लगायतका कुराहरूलाई दाहालले अघि सारेका छन ।
दाहाल समुहमा रहेका उमेदवारको नामावली यसप्रकार रहेकाे छ :
सभापति :- प्रकाश दाहाल
उपाध्यक्ष :- दिपराज तामाङ
उपाध्यक्ष :- इश्वरी लाल श्रेष्ठ
सचिव :- सुशान्त सिग्देल
सचिव :- विश्व राम गुराँगाई
सह-सचिव :- जिर सिङ तामाङ
सह-सचिव :- श्रीकृष्ण चौंलागाई
मेलम्ची नगरमा सबल, गतिशिल र एकताबद्व एवम् संस्कारयुक्त कांग्रेसको संगठन बनाउने याेजना सहित दाहाल समूह चुनावकाे तयारीमा लागेकाे छ । दाहालले ल्याएका याेजनाहरू निम्न छन :
— कांग्रेसको संगठनमा नियमितता र क्रियाशिलता
— प्रशिक्षित,बैचारिक र सिद्धान्तमा समर्पित कार्यकर्ता
— सेलम्चीका सबै वडामा बहुमतमा कांग्रेस
— खेलम्चीको पुनर्निमाण र विकासको स्पष्ट दृष्टिकोण सहित कांग्रेसको अगुवाई
— सुशासन र विकासको अभियान
— कार्यकर्ताहरुको संरक्षण र परिचालनमा हरहम्मेसा
नगर केन्द्रमा उपस्थिति
— समावेशी र सद्भावयुक्त राजनीतिक सस्कारको प्रवर्द्धन
— पाटीमा गुट र विभाजनको अन्त्य, सबैको उचित मल्याङकन र जिम्मेवारी
— अगुवाकाे सम्मान र युवाहरूकाे नेतृत्व बिकास
— सामाजिक आन्दोलनमा पार्टीको परिचालन
— उत्पादन र सिर्जनात्सक आर्थिक गतिबिधि, सक्षम कार्यकर्ता निर्माण
— कम्युनिष्ट दासताबाट मेलम्ची र सिन्धुकाे मुक्ती