सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ गईरहेकाे हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिएकाे छ । ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ ।

आज (सोमबार) बिहान ८ बजे बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताए ।

बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् ।

मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!