नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि उम्मेरद्वारी दिने क्रम जारी रहेको छ ।

यतीबेला सिन्धुपाल्चोक जिल्लामा पालिका अधिवेशन सकिए लगत्तै क्षेत्र, प्रदेश तथा केन्द्रको लागि उम्मेरद्वारी सार्वजनिक हुन शुरु भएको छ । बागमती प्रदेश अधिवेशन प्रतिनिधीको लागि प्रविण कुमार कार्कीले सिन्धुपाल्चोक क्षेत्र नं:२,प्रदेश ‘क’ बाट आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघको स्कुल इकाईबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका कार्की स्कुल इकाई अध्यक्ष हुँदै क्षेत्रीय सचिब समेत भएर कुशलतापूर्वक नेतृत्व प्रदान गर्नुका साथै प्रखर बक्ताको रुपमा बिद्यार्थि राजनितिमा चर्चित नामको रुपमा लिने गरिन्छ ।

नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक क्षेत्र नं: २ को क्षेत्रीय सचिव भएर कार्कीले जहा-बिद्यालय त्यहा नेवि संघ अभियान सहित हाम्रो नेवि संघ बिद्यार्थिको साझा नेवि संघ,संगठित र प्रशिक्षित नेविसंघ जस्ता धेरै बैचारीक अभियानको अभियान्ता भएर राजनितिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेका छन् ।

बैचारीक एवं नैतिकवान छबि बनाउन सफल कार्की आफ्नो उम्मेद्वारी घोषणा गरेसँगै निरन्तर रुपमा नेपाली कांग्रेसको हितका निम्ति आफ्नो योग्यता, क्षमता र अनुभवको प्रयोग गरी संगठनलाई बिधी/बिधान संम्बत चलायमान बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

साथै प्रतिनिधि सभा क्षेत्र नं:२,प्रदेश ‘क’ भित्रका सम्पूर्ण पालिका सभापतिहरु, इकाई सभापति तथा क्षेत्रीय प्रतिनिधीहरु बाट मतको अपेक्षा सहित सहयोगको लागि हार्दिक अपिल गरीरहेको कार्कीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!