सिन्धुप्रेस, मेलम्ची ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा आइतामान तामाङले उमेदवारी घोषणा गरेका छन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० र ११ गते हुने अधिवेशनमा सभापति उमेदवारी घोषणा गरेका हुन । यस अघि पनि सभापति रहेका तामाङले पुन उमेदवारी घोषणा गरे ।

अघिल्लो कार्यकालमा पनि सभापति बनेका तामाङले संगठन सुदृणिकरण र सवल कांग्रेस निमार्णका लागि उमेद्वारी दिएको बताए । युवाहरुलाई समेटेर राजनितीमा होमिएका तामाङले यो अधिवेशनमा क्षेत्रिय सभापतिमा आफुलाई जिताउन आग्रह गरेका छन ।

पार्टीका अग्रज नेता र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकको आग्रहमा उम्मेदवारी घोषणाा गरेको उनले बताए । तामाङले तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न आफुले उम्मेदवारी दिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!