
सिन्धुप्रेस, मेलम्ची ।
सिन्धुपाल्चोकको नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा मधुसुदन सिग्देलले उमेदवारी घोषणा गरेका छन ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० र ११ गते हुने अधिवेशनमा सभापति पदकाे लागि सिग्देलले उमेदवारी घोषणा गरेका हुन ।
समाजकाे बिकास र सुदृढ लाेकतन्त्रकाे लागि आफ्नाे उमेदवारी घाेषणा गरेकाे उनले बताए । मेराे जीवन समाजकाे बिकास र सुदृढ लाेकतन्त्रकाे लागि समर्पित छ”, उनले भने ।
पार्टीमा बिचारकाे रक्तसञ्चारकाे लागि उमेदवारी घाेषणा गरेकाे उनले उल्लेख गरे । यो अधिवेशनमा बिचारकाे राजनिति स्थापित गर्नकाे लागि क्षेत्रिय सभापतिमा आफुलाई जिताउन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन ।