सिन्धुप्रेस, मेलम्ची ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घाेषणा गरेका छन । गाउँपालिकालाई नमुना बनाएका अध्यक्ष तामाङले पार्टी भित्रकाे गुट उपगुटकाे अन्त्य गर्ने बताएका छन ।

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नं २, सिन्धुपाल्चाेक बाट तामाङले उम्मेदवारी घाेषणा गरेका हुन । मंसिर १० र ११ गते हुने अधिवेशनमा राजनैतिक निष्ठाकाे पर्याय तामाङले खुल्ला तर्फ बाट उम्मेद्वारी घाेषणा गरेका हुन ।

२०७४ सालको स्थानीय चुनावमा ईन्द्रावती गाउंपालीकाको अध्यक्षमा निर्वाचीत भएका हुन तामाङ । त्यस लगत्तै ५ बर्षका लागि गाउँपालीकाहरुको छाता संगठन गाउंपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी समेत सम्हालेका छन ।

२०६७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएर ईमान्दारीताका साथ लोकतन्त्र–प्रजातन्त्र–निष्ठा र विधिको शासनको लागि चट्टानी भुमिका खेलीरहेका तामाङ राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा निरन्तर निष्ठाको धरोहर बनेर अघि बढीरहेका छन ।

जनताकाे सफलता –असफलता–सुख अथवा दुःखमा बिगतमा जस्तै निरन्तर उभिरहने उनले बताए । प्रजातान्त्रीक यात्रालाई अरु परिपक्क र जिम्मेवार बनाउन सिंङगो पार्टी पंङतीलाई एकताबद्ध बनाएर अघि बढ्न कटिबद्ध भएकाे समेत उनले जानकारी दिए ।

महाभुकम्प लगायतका बिपत्तीमा उनले खेलेकाे भुमिकाले चर्चा पाईसकेकाे छ । काेराेनाकाे समयमा टाेल टाेलमा डाक्टर अभियान नै चलाएका तामाङले जिल्लामै प्रथम पटक काेराेनामुक्त गाउँपालिका समेत बनाउन सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!