
सिन्धुप्रेस, मेलम्ची ।
नेपाली काँग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती बिकास लामाले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घाेषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत उहाँले उम्मेदवारी घाेषणा गरेका हुन ।
नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नं २, सिन्धुपाल्चाेक बाट लामाले उम्मेदवारी घाेषणा गरेका हुन । मंसिर १० र ११ गते हुने अधिवेशनमा लामाले खुल्ला तर्फ बाट उम्मेद्वारी घाेषणा गरेका हुन ।
लामाले आफ्नाे कार्यकालमा पार्टीकाे लागि उल्लेख्य याेगदान दिईसकेका छन । पार्टीको आफ्नै भवन बिपि स्मृति भवन समेत बनिसकेकाे छ । पार्टीकाे संगठन निर्माणमा अतुलनीय योगदान दिएका लामाले सिन्धुपाल्चाेक कांग्रेसलाई उचाईमा पुर्याउन महत्वपुर्ण भुमिका समेत खेले ।
आफ्नाे कार्यकाल पार्टीलाई संस्थागत बनाउनमै खर्च गरेकाे लामाले जानकारी दिए । “मेराे कार्यकालकाे अधिकांस समय पार्टीकाे संगठन निर्माण गर्न र जनतामा परिचित गराउनमै खर्चभयाे”, लामाले भने ।