सिन्धुप्रेस, मेलम्ची ।

नेपाली काँग्रेस सिन्धुपाल्चाेक क्षेत्र नं २ का क्षेत्रिय प्रतिनिधि दिपक आलेमगरले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घाेषणा गरेका छन । उनले जनजाती तर्फकाे केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घाेषणा गरेका हुन ।

मंसिर १० र ११ गते हुने नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नं २, सिन्धुपाल्चाेक बाट दिपक आलेमगरले आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन ।

नेपाली काँगेस पार्टिलाई सबल सुदृढ र बलियाे बनाउन लागि परेका मगर मेलम्ची नगरपालिका ५ सिन्धुकाेट बाट क्षेत्रिय प्रतिनिधि बनेका हुन । सिन्धुकाेटमा रहँदा पार्टिकाे लागि जुनै अवस्थामा पनि सबल र अब्बल बनाउन लागीपरेकाे उनले जानकारी दिए ।

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन चलिरहँदा समेत पार्टीकाे कुनै पनि पदमा स्थान नदिएकाे उनले गुनासाे गरे । “म सिन्धुकाेटमा पार्टीलाई मजवुद बनाउन हरेक दिन लागीपरेँ तर पार्टीका साथीहरूले स्थान दिने बिषयमा चासाे दिनुभएन”, उनले गुनासाे गरे ।

काँग्रेस बनाउनका लागि गाउँमै बसेर नागरिकहरुकाे सुख दुखमा सहयाेग गर्दै आएकाे पनि उनले सिन्धुप्रेस संगकाे कुराकानीमा बताए । आफुले गरेकाे दुखलाई सम्झदै उनले भने, “मैले दिएकाे उम्मेदवारिमा यहाँहरुकाे अमुल्य मत मलाई दिई बिजयी गराउन हार्दिक अपिल गर्दछु” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!