सिन्धुप्रेस, मेलम्ची ।

नेकपा माओवादी केन्द्र मेलम्चीकाे प्रथम नगर सम्मेलनकाे मेलम्चीमा उद्घाटन भएकाे छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल शरदकाे प्रमुख आतिथ्यतामा सम्मेलन भएकाे हाे ।

सम्मेलनकाे क्रममा दुलालले माओवादी केन्द्र अरू पार्टी भन्दा फरक पहिचान बाेकेकाे पार्टी भएकाे बताए । “हाम्राे पार्टी अरू पार्टीकाे जस्ताे तडकभडक नभई जनताकाे जनवर्गिय पार्टी हाे”, उनले भने ।

नेपाली कांग्रेसकाे अधिवेशनलाई लक्षित गर्दै दुलालले भने, ” प्रतिनिधिहरूलाई ३ दिन देखि हाेटेलमा राखेर सिधै चुनावमा ल्याएका छन , याे कसरी लाेकतान्त्रिक पार्टी हुन्छ ” ।

मेलम्चीमा भएकाे नेकपा माओवादी केन्द्रकाे प्रथम नगर सम्मेलनमा अन्य पार्टी परित्याग गरि माओवादीमा ८ जना प्रवेश गरेका छन ।

आज मंसिर ११ गते देशैभर एकसाथ नगर सम्मेलनकाे उद्घाटन भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!