सिन्धुप्रेस, नवलपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकका युवा नेता भीमसेन खनालले पार्टीको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । खनालले पार्टीको मंसिर १५ गतेबाट काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् ।

खनालले आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकता महाधिवेशन २०७८ मा खुल्ला तर्फबाट आफ्नो केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

खनाल राप्रपाको २०७३ सालको अधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए । सम्मानजनक मत ल्याएर पनि पराजय भोग्नुपरेका खनाल यो पटक पनि सोही पदमा उम्मेदवार बन्ने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!