
काठमाण्डाैँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिएकाे हाे । बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।
प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन भएकाे छैन । कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन ।