हेलम्बु । मेलम्ची भ्याली क्याम्पस हेलम्बुको तेस्रो साधारणसभा सम्पन्न भएको छ । १८ बर्ष पछि उक्त क्याम्पसकाे साधारण सभा भएकाे हाे । पुर्वमन्त्री एवम् सांसद शेर बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा आज कार्यक्रम समापन भएकाे हाे ।

साधारणसभाको उद्घाटन पुर्व मन्त्री शेर बहादुर तामाङले गरेका हुन । कार्यक्रममा मन्तव्य राख्दै तामाङले मेलम्ची भ्याली क्याम्पस लाई सञ्चालन गर्न आफुले सक्दो सहयोग गर्ने बताए । क्याम्पस लाई आवश्यक पर्ने सामाग्रीको माग आएमा पनि आफुले पहल गर्ने उनले प्रतिबद्वता ब्यक्त गरे ।

क्याम्पस बाढी, भुकम्प र अन्य कारणबाट समस्यामा रहेको भन्दै स्थानीय प्रदेश र संघीय सरकारले क्याम्पसलाई सहयोग गर्नु पर्नेमा कार्यक्रमका बक्ताहरूले जोड दिएका छन । उनिहरुले साधारणसभा बाट सक्षम नेतृत्व चयन होस भन्ने शुभकामना समेत ब्यक्त गरेका छन ।

साधारण सभामा काग्रेस हेलम्बुका सह सचिव श्याम शर्मा एलसी, सस्थापक स्वबियु सचीव अर्जुन भण्डारी, इन्द्रावती क्याम्पसका अध्यक्ष धर्मकृश्ण श्रेष्ठ, नेकपा एकीकृत समाजबादिका नवराज गुरागाइ, कांग्रेस हेलम्बु ४ का सभापती भरत कार्की, नेकपा माओबादी केन्द्रका बलराम बिक, हेलम्बु ४ का वडा अध्यक्ष राजकुमार लामिछाने, एमाले नेता हस्त पण्डित लगायतले सुभकामना ब्यक्त गरेका थिए ।

यसैबिच क्याम्पस प्रमुख भीष्म कुमार लामिछानेले राजिनामा दिएका छन । कार्यक्रममा क्याम्पसका आजीवन सदस्यलाइ सम्मानित गरिएको छ । क्याम्पस सञ्चालन समितीका अध्यक्ष डम्बर अर्यालको सभापित्वमा कार्यक्रम भएको हो । क्याम्पसको नया कार्यसमिती चयन पनि आज हुने बताइएको छ । अहिले बन्द सत्र जारी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!