बाह्बिसे । सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङले जितेका छन् । उनले सेनाकै नवीन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि जितेका हुन ।

उनले उपाधिका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएका नवीनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला एकल तर्फ सेनाकी रसिला महर्जनले सेनाकै अमित गिरीमाथि को जित निकाल्दै उपाधि हात पारिन । रसिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष युगल तर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधि जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई पराजित गर्दै उपाधि जितेका हुन । विजेता र उपबिजेता खेलाडीहरूले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स ४५ वर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेस क्लबका सञ्जय कपाली र श्याम लामाको जोडीले तनहुँका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई पराजित गरे ।

जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडीले जिते । उनिहरूले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई पराजित गरेका हुन् । पहिलो र दोस्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।

मङ्सिर १५ देखि प्रतियोगिता सुरु भएको हाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!