
हेटाैँडा । नेपाली कांग्रेस बागमती प्रदेशकाे मतदान पुन हुने भएकाे छ । नेपाली कांग्रेसको विधान अनुसार सभापतिको मत ५१% नपुगेको हुँदा पुनः मतदान गर्नु पर्ने भएको हाे ।
सभापती पदकाे लागि ईन्द्र बानियाँ, जगदिश नर्सिङ केसी र भिमसेन दास प्रधान बिच प्रतिस्पर्धा हुँदा कसैले पनि ५१% मत ल्याउन सकेनन ।
नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गत पहिलो अधिवेशनमा खसेको मत अनुसार ईन्द्र बानियाँले ९९२ मत, जगदिश नर्सिङ केसीले ८७२ मत र भिमसेन दास प्रधानले १९७ मत ल्याए ।