हेलम्बु । हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले हेलम्बु गाउँपालिका लाई आज ज्ञापन पत्र बुझाएकाे छ ।

विपद्‌ कोषमा जम्मा भएको रकम हेलम्बु गाउँपालिकाले अनावश्यक योजनामा खर्च गरेको लगायतका बिषयबस्तुहरूलाई समेटेर आज साे ज्ञापनपत्र बुझाइएकाे हाे ।

बाढी पछिकाे गाउँपालिका कार्यालयको कार्यशैली, एकै प्रकृतिका पीडितहरूमा पनि अस्वभाविक व्यवहार, संरक्षण गर्न सकिने संरचनाप्रति वेवास्ता गरेको, अस्थायी बसोबास निर्माण बारे विभेद गरेको र पीडितहरूको बर्गीकरणमा गाउँपालिकाले असमान मापदण्ड बनाएको गुनासाहरू स्थानिय बाट आएपछि आज समितिले उक्त ज्ञापनपत्र बुझाएकाे हाे ।

बाढीको असर र प्रभाव बारे अध्ययन विवरण, हेलम्बु गाउँपालिकाले प्राप्त गरेको राहत सामग्री विवरण, वितरण गरेको, विपद व्यवस्थापन कोषमा जम्मा भएको कुल आर्थिक कोष तथा सहयोगदाताको विवरण र उक्त कोषको सम्पूर्ण शीर्षक सहितको खर्च बिवरण, स्थायी बसोबासका बारेमा बनाइएको भावी योजना विवरण, पूर्ण तथा आशिंक रूपमा क्षतिग्रस्त सडक, पाटीपौवा, विद्यालय, खेलमैदान,
गुम्बा, सिचाई तथा अन्य संरचना पुनर्निमाण सम्बन्धी निर्मित योजना बिवरण लगायतका बिषयमा गाउँपालिले समितिलाई ७ दिन भित्र लिखित जवाफ उपलब्ध गराउन समेत समितिले ज्ञापनपत्र मार्फत माग गरेकाे छ ।

बाढीपहिरोबाट पीडित, प्रभावित एवं जोखिममा रहेका हेलम्बु गाउँपालिकाभित्रको नागरिकको आवाज मुखारित गर्न, समस्याको पहिचान गरी राज्यको ३ तहगत सरकार एवं सरोकारवाला निकायको ध्यानाअकर्षण गराई अल्पकालिन एवं दिर्घकालिन योजना मार्फत विगत भन्दा अझै सुन्दर कल्पना सहित हेलम्बुको सौन्दर्यता फर्काउने उद्देश्यका साथ २०७८ साल श्रावण १६ गते भरत थापाको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समिति गठन गरिएको थियाे ।

ज्ञापनपत्र बुझ्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले ७ दिन भित्र लिखित जवाफ दिने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!