चाैतारा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्षमा लालकाजी तामाङ चयन भएका छन् । तेस्रो जिल्ला अधिवेशनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा कमला पाख्रीन, सचिवमा दिपेन्द्र घले, सहसचिब निर्मल माझी र कोषाध्यक्षमा राजेन्द्र थापामगर चयन भएका छन् ।

सदस्यहरुमा फुलमान तामाङ, रविन दनुवार, सरोज तामाङ, कल्पना श्रेष्ठ, सुप्रिन्स कसजु, सिद्धि श्रेष्ठ, आइते तामाङ रहेका छन् । यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधिमा सुरेश कसजु, जीवन श्रेष्ठ, ङेम्लिङ लामा, केदार माझी र प्रदेश प्रतिनिधिमा हेमन प्रधान , सुमित्रा श्रेष्ठ र अश्मि स्याङतानलाई चयन गरेको छ ।

जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष तामाङले जनजाति पत्रकारकाहरुका लागि क्षमता अभिबृदि तालिम गराउने र पत्रकारीता प्रति रुचि राख्नेलाई पत्रकारीतामा पेशामा संलग्न हुनका लागि कार्य समितिले काम गर्ने बताए । उनले जिल्ला पत्रकार महासंघ र स्थानीय तहहरुसंग समन्वय गरि पत्रकारीता पेशा र हक हितका लागि नव निर्वाचित समितिले काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!