
दुवाचाैर । मेलम्ची वडा नं ७ दुवाचौर स्थित पोखरे भञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे छैठौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । वडा न ७ को कार्यालय प्राङ्गणमा आयाेजित साधारणसभाकाे उद्घाटन वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सहकारीकाे माध्यम बाटै समाजकाे आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयकाे माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गरे। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले सहकारी मार्फत एकीकृत भएर ब्यबसायिक कृषि तथा पशुपालन गर्न आग्रह गरे। नगरले कृषी र पशुमा दिएको अनुदान , बिमा लगायत कार्यक्रमका बारेमा समेत श्रेष्ठले जानकारी गराए।
संस्थाका अध्यक्ष कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाका कुल शेयर सदस्य ५ सय ७० जना रहेका छन । साबिक दुवाचौर हाल मेलम्ची ७ र ८ कार्यक्षेत्र रहेको सहकारीको गत असार मसान्तसम्मकाे कुल चुक्ता शेयर पुँजी १० लाख ७० हजार पाँचसय र कुल काराेबार १ कराेड ८६ लाख १६ हजार चार सय एकासी रहेको छ त्यस्तै संस्थाकाे कोषमा असार सम्म ६ लाख चालीस हजार बचत रहेको छ ।
कार्यक्रममा बिश्णु लक्ष्मी सहकारिका अध्यक्ष कोमल गिरि , दुवाचौर सामुदायिक सहकारिका अध्यक्ष अर्जुन गिरि इजरायल बाट कृषि तालिम लिएर आएका राजकुमार श्रेष्ठ लगायतले सहकारी सफलताको शुभकामना व्यक्त गरे। सहकारिको आफ्नै ३ आना २ पैसा जग्गामा भवन निर्माण अन्तिम चरणमा पुगेको प्रबन्धक श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। त्यस्तै दुग्ध चिस्यान तथा संकलन केन्द्र निर्माधिन रहेको छ । एग्रोभेट सेवा पनि सहाकरिले संचालन गरेको छ। साधारण सभाबाट लागुहुने गरि सेयर सदस्यलाइ १५% लाभांश प्रदान गरिने श्रेष्ठले बताए।