
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् ।
कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् ।
सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे र अल्पसंख्यकतर्फ बद्री पाण्डेले उम्मेदवारी दिएका छन् ।