हेलम्बु । Cbm Nepal को साझेदारीमा SAPPROS Nepal ले सञ्चालन गरेको समुन्नती परियोजना अन्तर्गत DIDRR ( Disability Inclusive Disaster Risk Reduction) को पालिका स्तरिय समावेशी विपद ब्यवस्थापन क्षमता विकास तथा योजना निर्माण सम्बन्धि २ दिने कार्यशाला आज हेलम्बुमा सम्पन्न भएकाे छ ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुहरी तिमल्सिना को प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएकाे हाे । कार्यशालाकाे सहजीकरण शुनिल सन शाक्यले गरेका थिए ।

कार्यशालामा प्रकोप र विपदका बारेमा छलफल गर्दै हेलम्बु गाउँपालिकामा देखिएका १४ प्रकारका प्रकोपहरु बारे छलफल गरिएकाे थियाे । यस्तै वडा गत रुपमा प्रकोपहरुको जाेखिम क्षेत्रहरु पहिचान गरी सूचना बनाई उक्त जाेखिमकाे क्षेत्रलाई विपद ब्यवस्थापन गर्ने योजनाहरु तयार गरी समावेसि याेजना निर्माण गर्ने छलफल समेत गरिएकाे छ ।

यसका साथै पालिका संग भएका ऐन, नियम तथा DIDRR सम्बन्धी नीति नियमको बारेमा छलफल गरी अब बनाउने नीति र नियममा समावेसिता राख्ने तयारी समेत गरिएकाे छ । समावेसी विपद योजना एवम् अपांगता समावेशी योजनामा समेट्न र अपांगता लगायत समावेशी वर्गहरुलाई पालिकाका हरेक नीति, नियम र विकासका प्रक्रियामा सामेल गराउने कुरा समेत कार्यशालामा राखिएकाे सप्राेस नेपालका बरिष्ठ सामाजिक परिचालक सुरज न्याैपानेले बताए ।

कार्यशालामा ३० जनाकाे सहभागिता रहेकाे थियाे । ८ जना सरकारी कर्मचारी, वडा अध्यक्ष र सदस्य गरि ८ जना, नेपाल प्रहरी बाट ३ जना, सप्राेस नेपाल बाट ३ जना र सप्राेस नेपालको सहजिकरणमा गठन भएकाे अपाङ्गता समावेसि स्वाबलम्बन समुहबाट ५ जनाकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!