सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको बिञ्जेलमा बस दुर्घटना १ को घटना स्थलमा मृत्युु भएकाे छ । ब २ ख ५६१४ नम्बरको बस बलेफी गापा ४ बिन्जेल,माझगाउ नजिकै दुर्घटना भएको हो। बस सडक बाट १५० मिटर तल पुगेको छ। बसमा रहेका एक जना को घटनास्थल मा नै निधन भएको छ।

जङ्गलमा बस अड्किरहेकाे र अँध्यारोकाे कारण उद्दारमा कठिनाइ हुने प्रत्यक्षदर्शीले बताए ।

बिन्जेलमा बिवाहका पाहुना लिएर आएको बस माजगाउँमा दुर्घटना भएको छ । एकको घटनास्थलमै मृत्यु र बाँकि केही गम्भीर घाइतेहरुलाइ खाडिचौर र बिभन्न अस्पताल लैजाने काम भइरहेको छ ।

बसले भोलिका बिवाहका पाहुना बिन्जेलको मुलाबारि लैजाँदै थियो । बलेफी ५ का स्थानिय सन्तोष भुजेल को भोलि काभ्रे को भुम्लु मा जन्ती लिएर जान को लागि बस कोठे बाट बिन्जेल जाँदै थियोे ।कोठे बाट बसले विवाह मा जाने आफन्त लाई बोकेर गएको थियोे ।

जिल्ला बाट प्रहरी घटनास्थलमा जाँदै गरेकाे सिन्धुपाल्चाेकका एस्पी राजन अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!