नवलपुर । ईन्द्रावती गाउँपालिकाका ४ लहरेमानेमा गुम्बाकाे सिलान्यास भएकाे छ । गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले आज साे नवलपुर घ्याङ गुठी गुम्बाकाे शिलान्यास गरेका हुन ।

गुम्बाकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष तामाङले राम्राे गुणस्तरकाे गुम्बा बनाउन निर्माण कम्पनीलाई निर्देशन समेत दिने । “राम्राे क्वालिटिकाे गुम्बा बनाउनुस, कस्टकाे चिन्ता नगर्नुस, हामी सम्बन्धित निकायमा पहल गर्छाैँ “, तामाङले ईन्जिनियरलाई भने ।

करिब ६ कराेडकाे लगानीमा ईन्द्रावती गाउँपालिका ४ लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा बन्ने भएकाे हाे । धर्मा एस गाैरी गणेश जे भी कम्पनीले गुम्बा बनाउने छ । २ बर्षमा गुम्बाकाे निर्माण सकिने कम्पनीले जनाएकाे छ ।

जिल्ला आयाेजना कार्यान्वयन ईकाई, सिन्धुपाल्चाेकका ईन्जिनियर प्रकाश कार्कीका अनुसार अन्तिम संरचना सम्मकाे काम यसै परियाेजनाले गर्ने छ । गुम्बामा ६,७ वटा मुर्ती रहने कार्कीले जानकारी दिए ।

भारतिय सरकारकाे आर्थिक सहयाेगमा गुम्बा बन्ने भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!