नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य राजेन्द्र गोर्खाली(राजु) र कांग्रेस क्षेत्रीय सचिब केशव श्रेष्ठ को पहलमा इन्द्रावती गाउँपालिका-७ को बालबालिका आधरभुत विद्यालय मा न्यानो कपडा वितरण गरेका छन।

आज विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रम को विचमा नेताद्वय गोर्खाली र श्रेष्ठले विद्यालयका प्रधानध्यपक इच्छाराम दंगलको उपस्थिति मा विद्यालयमा अध्ययनरत निम्न वर्गीय १२० जना विद्यार्थी लाई उक्त न्यानो कपडा वितरण गरेको हो।

न्यानो कपडा वितरण पछि विद्यालय का प्रधानध्यापक दंगलले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गरे।साथै दुवै सहयोगी नेतालाई सम्मान पत्र पनि वितरण गरेका थिए।

जाडो बढ्दै गएकोले यस बाट सुरक्षित रहन र विद्यार्थी लाई इमानदार र असल बनी अध्ययन गर्न गोर्खाली र श्रेष्ठले आग्रह गरे।

नेता गोर्खाली भर्खरै सम्पन्न अधिवेशन बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य मा निर्वाचित भएका थिए भने श्रेष्ठ पनि क्षेत्रीय सचिब मा निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!