सिन्धुकाेट । मेलम्ची नगरपालिका ५ सिन्धुकाेटमा बाघ देखिएकाे छ । आज साँझ करिब ७ बजेकाे समयमा घरकाे आँगनमै बाघ देखिएकाे हाे ।

“सिन्धुकाेट ,गैरीगाँउमा म बस्ने घरकाे आँगनमै बाघ आयाे मेराे साताे गयाे । बाघ ठुलाे थियाे “, श्री सिन्धुपुराना गाउँ माबि कि शिक्षिका शान्ती गजुरेलले बताईन । उनले सबैलाई सतर्क रहन पनि आग्रह गरिन् ।

हिजाे पनि सिन्धुकाेटकाे टारकाे एक घरमा बाघ आएकाे स्थानियले बताए । गाउँमै दैनिक बाघ देखिएपछि स्थानिय त्रसित बनेका छन ।

केही दिन अघि मात्रै मेलम्ची नगरपालिका ९ ज्यामिरेमा बाघले आतङ्क मच्चाएकाे थियाे । धेरै पसु चाैपाया पनि बाघले खाएकाे थियाे ।

खेती याेग्य जमिन बाँझाे भएकाे कारण जंगल बढेकाे स्थानियले बताए । घरमा बुढाबुढी मात्रै छाैँ, युवा नभएकाे कारण खेतियाेग्य जमिन बाँझै भएकाे छ, जमिन बाँझाे हुँदा जंगल धेरै भयाे । घरकाे वरिपरि धेरै जंगल हुँदा पनि घर घरमा बाघ आउन थाल्याे “, सिन्धुकाेटका भरतमणि सिग्देलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!