
नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजिनामा दिने भएका छन । रक्षामन्त्री मिनेन्द्र रिजालले महामन्त्री पदको प्रारम्भिक परिणामबाट असन्तुष्ट जनाउँदै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेका हुन ।
सामाजिक सन्जालमा स्टाटस पाेष्ट गर्दै उनले प्रधानमन्त्री समक्ष राजिनामा दिने घाेषणा गरेका हुन । अन्तिम मत परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनले बताए ।
”नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु”, उनले फेसबुकमा लेखेका छन ।