सिन्धुप्रेस, दुवाचाैर
जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधी नेकपा एमाले मेलम्ची ७ वडा कमिटीले जितेको छ । फाइनलमा सिन्धु भ्याली खेलकुद समिती भोटेचौरलाई सोझो सेटमा पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको हो । वडा कमिटीले सिन्धु भ्यालीलाई २५–१७ २५–१७ र २५–२२ को सेटमा हराउँदै उपाधी जितेको टिम संयोजक तथा वडा सदस्य पासाङ तामाङले जानकारी दिए ।

जीत सँगै वडा कमिटीले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सिन्धु भ्यालीले रु. ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थानको लागी भएको खेलमा हिमशिखर युवा क्लबलाई हराउँदै आयोजक नमुना युवा जागरण समूहले २० हजार नगद प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने टोलीले पनि नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै आयोजक नमुना युवा जागरण समूहका कृष्ण तामाङ प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भएका छन् । सिन्धु भ्याली खेलकुद समिती भोटेचौरका उमेश खतिवडा उत्कृष्ठ स्पाइकर तथा बिजयी टिम नेकपा एमाले मेलम्ची ७ वडा कमिटीका लोकेश तामाङ उत्कृष्ठ सेटर घोषित भएका छन् । नमुना युवा जागरण समूहको आयोजनामा मंसिर २८ बाट सुरु भएको प्रतियोगिताको आज समापन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!