भाेटेनाम्लाङ । एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलाे (८० फिट उचाईकाे ) बुद्व मुर्ती शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ । पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नं ७ भाेटेनाम्लाङ्ग मा उक्त बुद्व मुर्तीकाे शिलान्यास भएकाे हाे ।

५ कराेडकाे लागतमा बन्ने उक्त मुर्तीकाे शिलान्यास पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा गरेका हुन । ढुङगामा छिनाे र हम्मरले हानेर बुद्व मुर्तीकाे शिलान्यास गरिएकाे थियाे ।

दुई बर्ष भित्रमा मुर्तीकाे निर्माणकार्य सकिने गाउँपालिकाले जनाएकाे छ । आन्तरिक र बाह्य पर्यटक भित्राएर आम्दानीकाे स्राेत बढाउने लक्ष्य गाउँपालिकाकाे रहेकाे छ । मुर्ती निर्माण लगायत वरिपरिकाे संरचना निर्माणकाे लागि १० कराेड लाग्ने छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यश मुर्ती निर्माणकाे जिम्मा लिएकाे छ । मुर्तीलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र यसकाे लागि सबैकाे सहयाेग चाहिने प्रतिष्ठानका कुलपती लालकाजी लामाले बताए ।

सिलान्यास कार्यक्रममा बाेल्दै पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य शेर बहादुर तामाङले पाँचपाेखरी लाई पुग्ने सम्पत्ती यसै ठाउँबाट कमाउन सकिने बताए । “यहाँ पर्यटन प्रबद्वन भएपछि यहाँका सामान बिक्ने छन । नागरिक समृद्व बन्नेछन “, तामाङले भने ।

ढुङगामा मुर्ती काेर्न मात्रै २ कराेड लाग्ने पाँचपाेखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । यश बर्ष मुर्ती कुंद्नकाे लागी गाउँपालिकाले ५२ लाख बजेट बिनियाेजन गरेकाे लामाले बताए ।

“यश मुर्तीले गाउँपालिका मात्र नभई सिङगाे नेपालकै प्रतिष्ठा बढाउने छ”, लामाले भने । ८० फिटकाे बुद्व मुर्ती वरिपरि कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा वरिपरि सानासाना मुर्ती रहने लामाले जानकारी दिए । यश संरचना हेर्न आउने ब्यक्ती छुट्टै संसारमा पुगेकाे अनुभुती गराउने लक्ष्य रहेकाे समेत लामाले जानकारी दिए ।

यश बुद्व मुर्तीकाे निर्माणले बिश्वमा शान्तीकाे सन्देश जाने धर्म गुरु खेम्पाे निमा ढिन्डुपले बताए । “यश बुद्व मुर्तीले विश्वमा शान्ती छाओस भन्ने कामना गरेकाे छु”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!