
चाैतारा । नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशाेसिएशन, जिल्ला कार्य समिति, सिन्धुपाल्चाेककाे १० औँ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । आज ( पुस ३ गते) हाेटल पाथिभारा, सिम्लेमा अधिवेशन सम्पन्न भएकाे हाे ।
जिल्ला अधिवेशन बाट अध्यक्षमा गुणराज गजुरेल चयन भएका छन । उनी संगै १३ सदस्यीय कार्यसमिति चयन भएकाे छ ।
अध्यक्षमा गुणराज गजुरेल, उपाध्यक्षमा बिमला अधिकारी, सचिवमा दिपक थापा, सह-सचिवमा राज अधिकारी, काेषाध्यक्षमा खड्क बहादुर श्रेष्ठ, सदस्यहरू भाेज बहादुर के.सी., सुवाश सापकाेटा, रविन्द्र सापकाेटा, दिपेन्द्र दुलाल, पृथ्वीमान तामाङ, प्रेम कुमार श्रेष्ठ, वीर बहादुर तामाङ, माई सिं तामाङ चयन भएका छन ।