ईन्द्रावती । ईन्द्रावती गाउँपालिका द्वारा कृषकहरूकाे लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरण बितरण गरिएकाे छ । गाउँपालिकाकाे कृषि शेवा शाखा द्वारा कृषकहरूकाे लागि आवस्यक बिभिन्न उपकरणहरू बितरण गरिएकाे हाे ।

आज एक कार्यक्रमका बिच ईन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले साे उपकरण कृषकहरूकाे लागी हस्तान्तरण गरेका हुन । ईन्द्रावती गाउँपालिका कृषि सेवा शाखाद्वारा कृषकको माग बमोजिम ५० % लागत साझेदारीमा उपकरण बितरण भएकाे हाे ।

कृषकहरूकाे लागि मिनिटिलर ७ थान, कम्बाईन मिल ३ थान , डिस्क मिल १ थान, मल्टीक्रप थ्रेसर १ थान, दाना बनाउने मेसिन १ थान र ब्रस कटर १ थान गरि जम्मा १४ थान यान्त्रिक उपकरण वितरण भएकाे हाे ।

यसै कार्यक्रम अन्तर्गत ५० % लागत साझेदारिमा ट्रस्ट सहितको प्लास्टिक टनेल निर्माण कार्य जारी रहेको ईन्द्रावती गाउँपालिकाका प्रेस संयाेजक दिनेस चाैलागाईले जानकारी दिए । उक्त टनेलमा आवश्यक पर्ने थोपा सिंचाइ सेट समेत पालिकाले अनुदान स्वरुप उपलब्ध गराउने चाैलागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!