ईन्द्रावती । सप्राेस नेपालद्वारा ईन्द्रावति गांउपालिकामा ह्विलचियर वितरण गरिएकाे छ । पालिकाभित्र रहेका अपाङ्गता भएका पांच (५) जनालाई वितरण गरिएकाे सप्राेस नेपालका कार्यक्रम व्यवस्थापक निराजन चाैलागांईले जानकारी दिए ।

पालिकामा रहेका अपाङ्गता भएकाहरूलाई यसअधि पनि काम गर्दै आईरहेकाे छ । आज क बर्गकाे अपाङ्गता भएकाहरूकाे अवस्यालाई मध्यनजर गर्दै प्रभावितकाे घरघरमै पुगेर ह्विलचियर वितरण गरिएकाे हाे ।

ईन्द्रावति गांउपालिकाकाे वडा नम्बर २ पहिरेनि टाेलका रुपा भारती, वडा नम्बर २ क भाेर्ले टाेलकि मंगलि तामाङ, वडा नम्बर ९ भैलबरे टाेलका सोम बहादुर तामाङ, वडा नम्बर ११ काे रातेटार टाेलका बद्रु माझी, वडा नम्बर ११ बाेडगांउमा सुनमाया माझी लगायतका व्यक्तिहरूकाे घरमा नै पुगेर सामाग्रि वितरण गरिएकाे हाे ।

ह्विलचियर वितरण कार्यक्रममा ईन्द्रावति गांउपालिकाका अध्यक्ष वशंलाल तामाङ, प्रमुख प्रसाशकिय अधिकृत रामप्रसाद शर्मा लगाएतकाे सहभागिता रहेकाे थियाे ।
सप्राेस नेपालले गरेकाे कामले पालिकाभित्र रहेका अपाङ्गता भएकाहरूलाई सहजता भएकाे गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताए ।

साथै उनले संस्थाले गरेकाे कामलाई मध्यनजर गर्दै संरचनात्मक समायाेजनकाे लागि अपांङ्गता भएका व्यक्तिहरूकाे लागि सप्राेस नेपाल र गांउपालिकाकाे साझेदारिमा कार्यक्रम संचालन गर्ने अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!