ऐसेलुखर्क । अनेरास्ववियु ईन्दावती गाउँपालिकाको दोस्रो पालिका सम्मलेलन सम्पन्न भएकाे छ । सम्मेलन बाट पासाङ तामाङ अध्यक्षमा चयन भएका छन ।

पासाङ तामाङ अध्यक्ष, बिमला तामाङ उपाध्यक्ष, सचिबमा विकास दनुवार, सहसचिवमा पानस माझी र राजन अधिकारी र कोषाध्यक्षमा निर्मला तामाङ रहेका छन । याे संगै ३२ सदस्य कमिटी निर्वाचित भएका छन ।

सम्मेलनमा बाेल्दै नेकपा एमाले ईन्द्रावती गाउँपालिका अध्यक्ष सशिनाथ आचार्यले धनिका छाेराछाेरी र गरिबका छाेराछाेरीले पढ्ने समान हककाे ब्यबस्था हुनुपर्ने धारणा राखेका छन । त्याे समानताकाे लागि अनेरास्वबियुकाे जन्म भएकाे पनि उनले बताए । “अनेरास्वबियु एउटा नर्सरी हाे । असल सभ्यता सिकाउने थलाे हाे”, आचार्यले भने ।

सम्मेलनलाई सम्बाेधन गर्दै नेकपा एमालेका नेता डबले लामाले विद्यार्थी भविष्यकाे कर्णधार रहेकाे र अहिलेकाे विद्यार्थी भाेलीकाे प्रधानमन्त्री सम्म हुन सक्ने धारणा राखे ।

यस्तै अनेरास्वबियु केन्द्रिय कमिटि सचिवालय सदस्य नित्यनाथ आचार्यले नवनिर्मित पालिका कमिटिले शैक्षिक अभियान चलाउने जानकारी दिए । साथै ईन्द्रावतीका सबै बिधालयमा विद्यार्थी जागरण अभियान चलाउने पनि उनले बताए ।

सम्मेलन नेकपा एमाले ईन्द्रावती गाउँपालिका अध्यक्ष सशिनाथ आचार्यकाे प्रमुख आतिथ्यतामा ऐसेलुखर्क मा बि मा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!