पाण्डब अधिकारी
ज्यामिरे / मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो बार्षिक साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सहकारीको मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गरे । सहकारीको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाई आम्दानी बृद्दि गराउने नगरपालिकाको रणनीति रहेको बताउँदै प्रमुख अतिथि अर्यालले उत्पादन, प्रशोधन , बितरण, प्रबर्द्दनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गरे ।

‘कृषिमा अत्याधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन सकेको छैन।’ नगर प्रमुख अर्यालले भने – ‘नगण्य संख्यामा केही बाहेक सतही र देखावटी हिसाबले मात्र व्यवसायिक बनेका छन, बिक्री बिनाको उत्पादन व्यवसायिक हिसाबले केही अर्थ छैन ।’ उनले संगठित भइ उत्पादित बस्तुको गुणात्मक र गुणस्तर दुबै पुरा गर्न सहकारीको आवश्यकता र खाँचो रहेको प्रष्ट्याए ।

कार्यक्रमकी बिशेष अतिथि नगर उप – प्रमुख भगवती नेपालले कृषि क्षेत्र बिचौलियाको शोषणबाट माथि उठ्न नसकेको बताउँदै पछाडि परेको यो क्षेत्र सहकारीमा संगठित भइ समाधानको बाटो खोज्नु पर्नेमा जोड दिइन । सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाईले सहकारी मार्फत समतामूलक समाज निर्माणमा बल पुग्ने बताईन ।

सोही कार्यक्रममा संस्थालाई जग्गादान गर्नुहुने जग्गादाता गोपालबहादुर खड्का, किरणदीप खड्का र प्रकाश खड्का दोसल्ला र सम्मान पत्रद्दारा सम्मानित भए । खड्कात्रयले दान गर्नु भएको जग्गामा नगरपालिकाको सहयोगमा तरकारी तथा फलफूल संकलन केन्द्र निर्माणाधीन रहेको सहकारीले जनाएको छ। केन्द्र निर्माणको लागि मेलम्ची नगरपालिकाको २० लाख रुपैयाँ सहयोग रहेको छ ।

कार्यक्रममा सहकारी प्रवर्द्दक संस्था सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लि., भौटेचौर र साना किसान विकास लघुबित्त बित्तीय संस्था, बनेपा शाखालाई पनि सम्मान गरिएको थियो। त्यसै गरी संस्थाको तरकारी तथा फलफुल संकलन केन्द्र भवन निर्माणमा सहयोग गरेकोमा मेलम्ची नगरपालिकालाई सम्मान गरिएको छ ।प्रबर्द्क संस्थाले व्यवस्थापन हस्तान्तरण गर्दै सहकारीलाई परिपक्वताको प्रमाणपत्र प्रदान गर्यो ।

यो संस्था साना किसान सहकारी अनुसरण कार्यक्रम अन्तर्गत २०७६ मा स्थापना भएको हो। राज्यको पुर्नसंरचनापछि मेलम्ची नगरपालिकामा पहिलो सहकारी संस्थाको रूपमा दर्ता भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति आइतमान तामाङ, वडाअध्यक्ष कमलबहादुर खड्का, साना किसान विकास लघुबित्त बित्तीय संस्था बनेपा शाखाका प्रबन्ध सरोज भट्टराई, इन्द्रावती साना किसान कृषि सहकारी संस्था लि. कुन्चोकका अध्यक्ष रामशरण गिरी, जग्गादाता किरणदीप खड्का, जनता माबिका प्रधानाध्यापक केदार बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिचबिचमा साँस्कृतिक कार्यक्रमले संङ्गितमय बनेको साधारण सभामा पदम दुलाल, आशा लामा, सुरेन्द्र गिरी र सरस्वती अधिकारीको बेजोड प्रस्तुति रहेको थियो।जनता माबि र सातकन्या माबिका बिधार्थीहरुको सहकारी सम्बन्धी सन्देशमूलक गीत तथा नृत्यले कार्यक्रमलाई थप रौनकता प्रदान गर्यो।

उपाध्यक्ष युवराज पुरीद्दारा प्रस्तुत संस्थाको भावी कार्ययोजना र प्रस्तावहरु सभाले सर्वसम्मत पारित गरेको छ । कार्यक्रमको स्वागत मन्तव्य सन्चालक समितिका सदस्य हितबहादुर प्राखिन र अध्यक्षता अध्यक्ष केशव बिष्टले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!