
नेकपा एमाले सिन्धुपाल्चोकका नेता एवम् पूर्व सांसद सुवास कर्माचार्यले नेकपा एमाले पार्टी परित्याग गरेका छन् ।
लामो समय जिल्ला सचिवको रुपमा सिन्धुपाल्चोकको नेकपा एमालेको नेतृत्व गरेका कर्माचार्यले सामाजिक सञ्जालमार्फत आफू पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।