
सिन्धुकाेट । नेपाली कांग्रेस मेलम्ची नगरपालिका ५ वडा कार्यसमिती सिन्धुकोट सिन्धुपाल्चोकको आयोजनामा भाेली हुने भनिएको बधाई एवं शुभकामना तथा पार्टी कार्यालय समुद्घाटन कार्यक्रम स्थगित भएकाे छ ।
भाेली पुष १५ गते हुने भनिएकाे कार्यक्रम स्थगित भएकाे नेपाली कांग्रेस मेलम्ची ५ का सभापती ताेक लामाले जानकारी दिनुभयाे । प्रतिकुल मौसमका कारण अर्को सुचना नआए सम्मका लागी कार्यक्रम स्थागित भएको नेपाली कांग्रेस मेलम्ची ५ द्वारा जारि गरिएकाे सुचनामा भनिएकाे छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्व सुचना तथा सञ्चारमन्त्री माेहन बहादुर बस्नेतकाे प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा नवनिर्वाचित लाई बधाई एवम् शुभकामना तथा पार्टी कार्यालय समुद्घाटन कार्यक्रम तय भएकाे थियाे ।
नेपाली कांग्रेस पुर्व केन्द्रीय सदस्य एवम् पुर्व गृहराज्यमन्त्री बिष्णु बिक्रम थापा र नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कार्यक्रमकाे बिशिष्ट अतिथि तय गरिएकाे थियाे ।