हेलम्बु । हेलम्बु गाउँपालिकाले राहातको रुपमा आएको खाद्यान्नहरु र खाना पकाउने ग्यासहरु अहिले सम्म वितरण नगरि गुपचुप राखेको पाईएकाे छ ।

गाउँपालिकाले राहातको रुपमा आएको खाद्यान्नहरु र खाना पकाउने ग्यासहरु अहिले सम्म वितरण नगरि गुपचुप राखेको मेलम्ची हेलम्बु बाढी पिडित सरोकार समितिका सचिव अर्जुन भण्डारीले बताए । “राहातकाे नाममा जनताकाे लागि आएकाे खाद्यान्नहरु अहिले कुहिएर जान लागीसक्याे तर जनताले पाएका छैनन”, भन्डारीले भने ।

यस्तै गाउँपालिकाले २० बन्डील जस्ता र केही थान टेन्ट कुर्नका लागि महिनौँ देखि दैनिक ज्यालादारीमा २ जना कुरुवा राखेको भेटिएको छ ।

गत असार १ गते हेलम्बु र मेलम्चीमा आएको बाढी पिडितहरुको लागि सहयोगार्थ आएको सामान संकलन गरि वितरण गर्नका लागि हेलम्बु गाउँपालिका २ स्थित बाहुन ढोडेनीमा गाउँपालिकाले अस्थायी टहरा निमार्ण गरेको थियो । हाल उक्त टहरामा २० बन्डील जस्ता र केही थान टेन्ट मात्र रहेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सिनाले बताए । उनले हाल गाउँपालिकाले दैनिक ज्यालादारीमा २ जना कुरुवा राखी रहेको पनि जनकारी दिए ।

हेलम्बु गाउँपालिकाको श्रमिक ज्याला दर दैनिक रु ७९० रहेको छ । ७९० का दरले दैनिक गाउँपालिकाले २ जनालाई रु १५८० दिनु पर्नेहुन्छ त्यो रकम मासिक रुपमा रु ४७,४०० हुन्छ ।

बाढी गएको ६ महिना वितीसक्दा सम्म गाउँपालिकाले २० बन्डील जस्ताको व्यवस्थापन गर्न नसकेको भन्दै गाउँपालिकाले अव्यवस्थीत रुपमा कर्मचारी भर्ती गरि आर्थिक दुरुपयोग गरेको मेलम्ची हेलम्बु बाढी पिडित सरोकार समितिका सचिव अर्जुन भण्डारीले बताए । “अब पालिकाले यस्को सबै आर्थिक विवरण जनता माझ सार्वजनिक गर्नु पर्छ”, भण्डारीले भने ।

केहिदिन अघि हेलम्बु गाउँपालिकाले बाढीपछि बिपद काेषकाे रकम अनावस्यक याेजनामा खर्च गरेकाे भन्दै ७ दिन भित्र बिवरण दिनकाे लागि समितिले गाउँपालिका लाई आग्रह गरेकाे थियाे । अहिले खाद्यान्नहरु र खाना पकाउने ग्यासहरु गुपचुप गरेकाे तथा अव्यवस्थीत रुपमा कर्मचारी भर्ती गरि आर्थिक दुरुपयोग गरेको भन्दै फेरि पनि गाउँपालिका गएर ज्ञापनपत्र बुझाउने समितिका सचिव अर्जुन भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!