
नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे सरगर्मि सिन्धुपाल्चोकमा पनि बढेकाे छ । जिल्ला सभापतिका लागि आकांक्षिहरूले आफ्नाे उम्मेदवारि सार्वजनिक गरिरहेका छन् ।
कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिको उम्मेदवारिका लागि प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालयको जागिरबाट राजीनामा दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लामाले विश्वविद्यालयमा राजीनामापत्र बुझाएका हुन् । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्यालय सहायक ईन्द्रकुमारी महर्जनले बताइन् ।
कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन यहि पुस २७ गते हुँदैछ । लामालाई मोहन बस्नेत पक्षबाट सभापतिका उम्मेदवार बनाईएकाे हाे ।
लिसंखुपाखर गाउँपालिका स्थायि घर भएका लामाले महाधिवेशन प्रतिनिधिमा मोहन बस्नेतपछि दोस्रो लोकप्रिय मत पाएका थिए । उनले एक महिनाअघिमात्र त्रिविबाटै ह्योल्मो समुदायको संस्कृति र परिवतिृत आयाम विषयमा पीएचडी गरेका थिए ।
हालै उच्च अदालत र निर्वाचन आयोगले समेत सरकारी कर्मचारी, शिक्षक र प्रध्यापकलाई राजनीतिक दलको संगठनमा बस्न र महाधिवेशन प्रतिनिधि बनेमा कारवाही गर्ने चेतावनी दिएपछि लामाले राजिनामा दिएका हुन् ।
यसअघि कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका प्रमोदहरी गुरागाईले पनि उपप्राध्यापकबाट राजीनामा दिएका थिए ।