
नवलपुर । नेपाली शिक्षक संघ, ईन्द्रावती गाउँपालिकाकाे द्वितीय अधिवेशनकाे खुल्ला सत्र सम्पन्न भएकाे छ । नेपाली शिक्षक संघ, ईन्द्रावती गाउँपालिकाका अध्यक्ष कुञ्जरमणि भट्टराईकाे सभापतीत्वमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
“शैक्षिक गुणस्तर अभिवृद्विका लागि शिक्षक एकता” भन्ने मुल नारा सहित स्थापित सिक्षक संघकाे गाउँपालिका स्तरिय नयाँ नेतृत्व आज चयन हुँदैछ । शिक्षक संघले शिक्षक र बिध्यार्थीकाे हकहितकाे लागि काम गर्दै आएकाे छ ।
शिक्षकलाई कार्यकक्षमै हातपात भएकाे बिषयलाई अधिवेशनमा प्राथमिकताका साथ उठाईएकाे थियाे । शिक्षकलाई हातपात गर्नु शैक्षिक क्षेत्रमाथीकाे प्रहार भएकाे र दाेसीलाई कडा भन्दा कडा कारबाहि गर्नुपर्ने सबैकाे माग रहेकाे थियाे । केहिदिन अघि आफ्नै कार्यकक्षमै भिमेश्वरी माध्यमिक बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद श्रेष्ठ माथी सन्ताेष दनुवारले हातपात गरेका थिए ।
अधिवेशनकाे क्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती बिकास लामाले समाज परिवर्तनकाे मुल आधार नै शिक्षा भएकाले शिक्षकले समाजमा सकारात्मक सन्देश छाड्न कुनै कसुर बाँकी राख्न नहुने बताए ।
शुभकामना मन्तब्य राख्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले आफुले शिक्षककाे हक हितकाे लागि अहाेरात्र खटिरहेकाे बताएका छन ।
यसैबिच पालिका अध्यक्ष वंशलाल तामाङले आफु नेपाली कांग्रेस जिल्ला सभापतीमा उठ्ने बताएका छन । आफु सभापती भएमा जसरी पनि शिक्षा ऐन लागू गराउने प्रतिबद्वता समेत ब्यक्त गरे । सभापतीकाे लागी सहयाेग गर्न पनि तामाङले सबैमा आग्रह गरेका छन ।
अधिवेशनमा नेपाली कांग्रेस ईन्द्रावती गाउँपालिका सभापती जीवन थापा मगर, ईन्द्रावती गाउँपालिका ३ का वडा अध्यक्ष देब प्रसाद बानिया लगायतले शुभकामना मन्तब्य राखेका थिए । अधिवेशनमा शिक्षकसंघमा आवद्व शिक्षक, प्रहरी, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
अधिवेशनमा शिक्षकहरू रूद्व लाेचन आचार्य, राधाकृष्ठ श्रेष्ठ र रामगाेपाल श्रेष्ठ लाई सम्मान गरिएकाे थियाे । अहिले नयाँ कार्यसमिति चयनकाे लागि बन्दसत्र जारी रहेकाे छ ।