नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चोक सहित १६ जिल्लामा यहि पौष २७ गते जिल्ला अधिवेशन हुने मिति तय भैसकेको छ।

अधिवेशनको मिति नजिकिए संगै विभिन्न पदमा उम्मेदवारी घोषण गर्ने क्रम जारी छ। सामाजिक संजालमा नेता तथा कार्यकर्ता नै उम्मेदवारी घोषणाको पोस्टर पोस्ट गर्दै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन ।

सभापतिका लागि हालका जिल्ला सचिब बिल बहादुर तामाङ , गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ , प्रेमध्वज लामा, विष्णु खत्री, राजेन्द्र श्रेष्ठ , जंग बहादुर लामा लगायत नेताहरुले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन ।

उपसभापतिमा भने कांग्रेसका युवा नेता आदिवासी जनजाती विभाग समन्वयका जिल्ला प्रमुख तथा तरुण दलका जिल्ला सदस्य समाजसेवी संजय लामा (फुर्पा) ले आफ्नो उम्मेदवार रहने घोषणा गरेका छन ।

सामाजिक संजाल फेसबुक मार्फत आफूले जिल्ला उपसभापति पदमा उम्मेद्वारी दिने सुचना जारी गर्दै आफुलाई सक्दो सहयोग गरि जिताउन अपिल गरेका छन लामा ले । लामा इन्द्रावती -१ का कांग्रेस क्षेत्रीय प्रतिनिधि समेत हुन् । लामा गृहमन्त्री बालकृष्ण संग नजिक छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!