सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा ७ का वडासदस्य प्रकाश घिमिरेले जग्गाको सीमाना साँधको विवादलाई लिएर एक स्थानीयलाई कुटेका छन् ।

इन्द्रावती गाउँपालिकाकै स्थानीय ५४ वर्षे नेत्रबहादुर सापकोटालाई सामान्य भनाभनलाई लोप्पा खुवाउँदै आइतबार बेलुकी टाउको र कोखामा मुक्काले हिर्काएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार इन्द्रावती गापा ७ आँपटारस्थित स्थानीय पसलमा चिया खाइरहेका सापकोटालाई एक्कासी आफ्नो आमासँग भएको सामान्य भनाभनलाई लिएर आक्रोशित उनले ‘म हो यहाँ सबैकुरा’ भन्दै अनेक अपशब्द बोल्दै धमाधम हिर्काएका थिए ।

कुटपिटबाट बिरामी र घाइते भएका सापकोटालाई काठमाण्डौस्थित अल्का अस्पतालमा उपचार गर्न लगिएको थियाे । ‘प्रहरीमा आवश्यक सुरुवाती मौखिक सुचना दिइसकेका छौ, निवेदन दिन कानुनी प्रक्रिया मिलाएर जादैछौ,’ सापकोटाका छोरा सन्तोषले भने ।

यसबारे वडासदस्य घिमिरेले आफुले लोप्पा मात्रै खुवाएको र हातपात भने नगरेको भन्दै पीडित परिवारलाई फोनमार्फत बारम्बार माफी मागिरहेको सापकोटाले उल्लेख गरे । घिमिरे स्थानीय निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले यस घटनाबारे सुचना पाएको त्यसबारे सत्यथ्य बुझेर आवश्यक प्रक्रियामा जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!