पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं ८ लप्सेमा अवस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको छ।

लयन्स क्लब अफ काठमाडौका सस्थापक अध्यक्ष समेत रहेका संगिता शर्माको पहलमा १२५ जना विद्यार्थी लाई न्यानो कपडाका साथै शैक्षिक सामग्री वितरण गरिएको छ।

सरस्वती विद्यालयको प्राङ्गणमा आज विद्यालयकाे संस्थापक अध्यक्ष नुर्पु तामाङकाे उपस्थितिमा उक्त कपडा का साथै शैक्षिक सामग्री वितरण गरिएको सरस्वती आधारभुत विद्यालयका शिक्षिका गङ्गा तामाङले बताईन ।

न्यानो कपडा वितरण पछि विद्यालयका शिक्षिका तामाङले सहयोगको लागि धन्यवाद दिदै खुशी व्यक्त गरिन । साथै आफ्नो अनुरोध लाई सहर्ष स्वीकार गरि सहयोग गर्दिएकोमा आफू प्रफुल्ल भएको उनले बताईन र आगामी दिनमा विद्यालयले लयन्स क्लब अफ काठमाण्डौसंग थप सहकार्य पनि गर्ने जानकारी दिईन ।

जाडो बढ्दै गएकोले यस बाट सुरक्षित रहन यो सहयोगले विद्यार्थीमा केही राहत पुग्नेमा आफू विश्वस्त रहेको क्लब कि सस्थापक अध्यक्ष शर्माले बताइन् । न्यानो कपडा सहयोग वितरण गर्न पाउदा आफूहरु झन खुशी रहेको उनको भनाई थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!